हिउँ खेल्न गएका दुई किशोरको शव ११ दिनपछि भेटियो

काठमाडौँ । ११ दिनदेखि बेपत्ता गोरखाका दुई किशोरको शव भेटिएको छ । हिउँ खेल्न भनेर गएका बारपाकका १६ वर्षीय करण घले र १६ वर्षकै साहिँला घलेको शव फेला परेको हो ।

स्थानीयवासी र प्रहरीको टोलीले आइतबार बारपाकको भुनेखर्क भन्ने ठाउँमा उनीहरूको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनीहरू गएको माघ २० गते हिउँ खेल्न भन्दै घरबाट निस्किएका थिए । बेपत्ता भएदेखि नै आफन्तले उनीहरूको खोजी सुरु गरेका थिए ।

पैदल बाटोबाट करिब एक सय फिट तल अप्ठ्यारो ठाउँमा खसेको अवस्थामा उनीहरूको शव फेला परेको हो । हिउँले पुरिएको शव हिउँ पग्लिँदै गएपछि देखिएको प्रहरीले जनाएको छ । सँगै हिउँ हेल्ने क्रममा चिप्लिएर लड्दा उनीहरूको मृत्यु भएको अनुमान स्थानीयले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =