११ दिनदेखि हिउँमा बेपत्ता बारपाकका २ किशोर मृत भेटिए
२०७८ फागुन १ गते

फाइल फोटो
पोखरा । हिउँ खेल्न ११ दिनअघि निस्किएका गोरखा बारपाकका २ किशोर आइतबार मृत भेटिएका छन् । स्थानीय १६ वर्षका करण घले र साहिँला घले मृत भेटिएका हुन् ।
बेपत्ता उनिहरुलाई खोज्न स्थानीय र प्रहरीको टोली दैनिक खटिएको थियो । दुबैजनाको शव भुनेखर्कमा भेटिएको गोरखा प्रहरीका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए । उनीहरु गत माघ २० गते हिउँ खेल्न गएका थिए ।
२०७८ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित









