मन्त्री झाँक्रीले अनुगमन गरेकाे धाेवीखाेलामा उपत्यका विकास प्राधिकरण पनि पुग्याे

काठमाडाैँ । उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोरमा सडक ओगटेर निर्माण समाग्री नराख्न अनुरोध गरेको छ ।

शुक्रबार धोबीखोला करिडोरको अनुगमन गर्दै प्राधिकरणले यसअघि दिएको निर्देशन अनुसार सडक ओगटेर निर्माण समाग्री नराख्न अनुरोध गरेको हो ।

धोबीखोला करिडोरमा सडक ओगटेर सामान राखे जफत गर्ने र आवश्यक कारवाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोरमा निर्माण समाग्री राख्दा आवतजावतमा समस्या भएकाले निर्माण समाग्री नराख्न अनुरोध गरिएको बताए । त्यस्तै, धोबीखोला करिडोरमा जथाभावी फोहर फाल्ने गर्दा समस्या भएकाले यसको समाधानको उपाय खोजिने उनले बताए ।

यसअघि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै नियमित अनुगमन गरी सडक र फुथपाथला खाली गर्ने बताएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 10 =