रुकुमपश्चिममा आगोमा जलेर एक महिने शिशुको मृत्यु

सुर्खेत । रुकुममा ओछ्यानमा आगो सल्किएर एक महिने शिशुको मृत्यु भएको छ ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ शान्तिबजार बस्ने रिमबहादुर रोकायको एक महिने छोराको मृत्यु भएको हो । शिशुलाई चुलोको नजिक सुताएर आमा बाहिर गएको बेला बच्चा सुतेको ओछ्यानमा आगो सल्केको बुझिएको छ ।

यस्तै, शिशुलाई बचाउन खोज्दा आमाको दुवै हात जलेर घाइते भएकी छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घाइते आमालाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमबाट प्रहरी टोली खटिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *