कोभिड नियन्त्रण उपचार र रोकथामका लागि पालिकाका काम र दायित्व तोकियो

काठमाडौँ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । आदेशअनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र अनुगमनका लागि पालिकाले गर्ने काम तोकिएको छ । जसअनुसार, देहायबमोजिम गर्ने–

१. १५ बेडसम्म क्षमता भएका सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालसँग संक्रमितको उपचारका लागि सम्झौता गर्ने, अनुगमन गर्ने र शोधभर्ना भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सिफारिस गरी पठाउने ।

२. आधारभूत अस्पतालका संरचना नभएका स्थानीय तहले न्यूनतम पाँच बेडको अस्पताल सञ्चालन गर्ने ।

३. होम क्वारेन्टिन र होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँच वा उपचार आवश्यक पर्ने देखिएमा प्रयोगशाला र अस्पतालसँग समन्वय गरी त्यस्तो संस्थासम्म पुऱ्याउने काममा सहजीकरण गर्ने ।

४. कोभिड९१९ को चिह्न तथा लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र नतिजा नेगेटिभ आएका व्यक्तिको पी।सी।आर। परीक्षण गर्ने व्यवस्था मिलाउने । नतिजा पोजिटिभ आएका व्यक्तिको निकट सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने।

५. आफ्नो स्थानीय तहभित्र स्वाब संकलन गर्ने व्यवस्था मिलाउने तथा प्रत्येक वडामा भिडभाड हुन सक्ने स्थान वा हटस्पट पहिचान गरी निःशुल्क टेस्ट गर्ने तथा टेस्टको रिपोर्टिङ गर्ने व्यवस्था गराउने।

६. स्थानीय तहको स्वास्थ्य केन्द्रमा अनिवार्य रूपमा सातै दिन न्यूनतम १२ घण्टा सञ्चालन हुने गरी कोभिड९१९ विरुद्धको खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राखे । साथै महानगरपालिका, उप महानगरपालिका तथा नगरपालिकाले जनघनत्वको आधारमा थप खोपकेन्द्रहरू राख्नु पर्ने । खोप लगाउने कार्यमा स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाका चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य आवश्यक जनशक्ति तथा आवश्यकताअनुसार स्वयम्सेवक परिचालन गर्ने गराउने।

७. स्थानीय तहमा द्रुत प्रतिकार्य समूह गठन गरी तयारी अवस्थामा राख्ने ।

८. कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शवको व्यवस्थापन वा अन्त्येष्टी गर्दा आफ्नो धर्म परम्परा र संस्कृतिअनुसार सम्बन्धित परिवार वा समुदायले पच्चीस जनाभन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी गर्ने व्यवस्था मिलाउने । तर सो बमोजिम गर्न सम्भव नभएमा कोभिड(१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ अनुसार नेपाली सेनाले गर्ने।

९. क्वारेन्टिन, आइसोलेसन, केस इन्भेस्टिगेसन, कन्ट्याक्ट ट्रेसिङ, उपचार व्यवस्थापन, परीक्षणलगायत अत्यावश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनका लागि आवश्यक व्यवस्था मिलाउने ।

१०. सार्वजनिक यातायातमा यात्रु चढ्न र ओर्लन निर्धारण गरिएको स्थानमा सेनिटाइजर वा हात धुने साबुन पानीको व्यवस्था मिलाउने ।

११.  आफ्नो पालिकामा खोप नपाउने व्यक्तिहरू पहिचान गरी कोभिड९ १९ विरुद्ध खोप लगाउने अभियानलाई तीव्रता दिई पूर्ण खोप अभियान सञ्चालन गर्ने तथा थप जनशक्ति परिचालनसमेत गरी सिफारिस गरिएका खोप लगाउन योग्य नागरिकहरूलाई खोप लगाउने व्यवस्था गरी नियमित खोप केन्द्रहरू सञ्चालन गर्ने ।

१२.  निकट भविष्यमा खोप प्राप्त गर्ने ५ वर्षदेखि ११ वर्ष सम्मका बालबालिकाको पहिचान र सूची तयार गर्ने र उपलब्ध हुनासाथ लगाउने तयारी गर्ने ।

१३.  सार्वजनिक स्थानमा वा सार्वजनिक सेवा प्रदान गर्दा खोप कार्डलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाउने ।

१४. उपर्युक्त कार्यहरूमा सहयोग तथा सहजीकरण गर्न विद्यमान टोल सुधार समिति, टोलस्तरमा गठन भएका कोभिड९ १९ सहजीकरण समूह तथा उपभोक्ता समितिलाई परिचालन गर्ने र त्यस्ता समिति वा समूह गठन नभएको अवस्थामा आवश्यकताअनुसार त्यस्ता समिति वा समूह गठन गरी परिचालन गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =