लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तालिम सम्पन्न
२०७८ पुस ३० गते

काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खाँदबारीमा ३ दिने कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ।
तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए।
तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेललगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो।
तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो।
२०७८ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित








