बाटो खन्दै गर्दा पहिरो: तीन जना बेपत्ता, डोजर पुरियो
मकालु खबर
२०७८ पुस २९ गते
काठमाडौँ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका-१ मा बाटो खन्ने क्रममा बिहान पहिरो खस्दा तीन जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहका अनुसार चालक, सहचालक र उपभोक्ता समितिका एक जना बेपत्ता भएका छन् । ‘चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गर्नु भएको छ,’ एसपी सिंहले भने, ‘विस्तृत विवरण आइसकेको छैन ।’
खोज र उद्धारमा प्रहरी टोली परिचालन भएको छ ।
मकालु खबर
२०७८ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित