एमाले सुर्खेत अध्यक्षमा अमृत बिसी निर्वाचित

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृतकुमार बिसी निर्वाचित भएका छन् । एमाले सुर्खेतको आठौँ अधिवेशनबाट बिसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

बिसी प्रत्याशी डण्डी शर्मालाई ९९ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । बिसीले ३६८ मत ल्याएका थिए भने शर्माले २६७ मत प्राप्त गरे । नेकपा एमाले जिल्ला नेतृत्वका लागि बिहीबार भएको मतदानमा ६४९ मत खसेको थियो भने १४ मत बदर भएका थिए ।

जिल्ला उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कवीन्द्र केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *