नेप्से १९ अकंले बढ्याे, ७ अर्ब बढीको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार (नेप्से) परिसूचक १९.४३ अङ्क बढेको छ । आइतबार सेयर बजार (नेप्से) परिसूचक ७३ अंकले बजार बढ्दा ७ अर्बको कारोबार भएको थियो ।

सोमबार भने कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.७० प्रतिशतले बढेर २७८४.९५ बिन्दुमा उक्लिएकाे छ ।

सेन्सेटिभ इन्डेक्स ३.१६ अङ्कले बढेर ५२२.५३ बिन्दुमा पुगेको छ ।

सोमबार २ सय ३६ कम्पनीका १ कराेड ४२ लाख ८८ हजार कित्ता सेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस मध्य भोटेकोशीको शेयरमूल्य १० प्रतिशतले बढेको छ  । भने युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *