एमाले गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत
मकालु खबर
२०७८ पुस २४ गते
पोखरा । नेकपा एमाले गोरखाको अध्यक्षमा पुनः प्रेमबहादुर गुरुङ दोहोरिएका छन् । शनिबार भएको सातौँ जिल्ला अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
अध्यक्षमा गुरुङसहित कृष्णबहादुर नेपाली र सुरेन्द्र थापाको दाबी थियो । सर्वसम्मत भएपछि नेपाली उपाध्यक्ष बनेका छन् । सचिवमा काजीराम रोका सर्वसम्मत चयन भए ।
उपसचिवमा भने मतदान हुने भएको छ । सुरेशबाबु श्रेष्ठ, राजन गुरुङ र विशाल थापाले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत रमेश अधिकारीले जानकारी दिए । उनका अनुसार अरू क्लष्टरमा समेत चुनाव हुनेछ ।
मकालु खबर
२०७८ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित