सिटिजन्स बैंकद्वारा कार्डबिनै नगद झिक्न मिल्ने एटीएम सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकका लागि ‘कार्ड लेस क्यास विड्रल’ अर्थात् कार्डबिना नै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा दिन थालेकाे छ ।

यो सुविधा मार्फत सिटिजन्स बैंंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्ने बैंकले जनाएको छ ।

यस प्रविधिमा मोबाइलमा पासवर्ड ओटीपी प्राप्त गरी सो पासवर्ड ओटीपी, निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटीएम मेसिनमा प्रविष्टि गरी पैसा निकाल्न सकिने जनाएको छ ।

यो प्रविधी सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटिएमबाट पैसा निकाल्न सकिने भएको छ । आज एक समारोहका बीच उक्त सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिना कार्ड एटीएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङकाे क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताएका छन् ।

बैंकले यस अघि मोबाइलबाटै खाताको विवरण हेर्ने, विभिन्न उपयोगी सेवको भुक्तानी गर्ने, रकमान्तर गर्ने लगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी अपडेट गर्ने जस्ता सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =