विवादमा मिडिया अवार्ड, आयोजक भन्छन्– पत्रकारले कुरा बुझेनन्
नोमिनेसन अस्विकार गर्ने पत्रकार बढ्दै

काठमाडौँ । ‘उत्कृष्ट काम गरेका’ पत्रकारलाई पुरस्कृत गर्ने भन्दै नाम सार्वजनिक गरिएको मिडिया अवार्ड विवादमा तानिएको छ ।
ड्रिम हाइ नेपाल नामक संस्थाले पुस २४ गते काठमाडौँमा आयोजना गर्ने भनिएको ‘एलआईसी नेपाल मिडिया अवार्ड २०७८’ को मनोनयनमा परेकामध्ये केही पत्रकारले त्यसप्रति आपत्ति जनाउँदै आफूलाई अवार्ड नदिन सार्वजनिक रुपमै आयोजकलाई आग्रह गरेका छन् ।
अहिलेसम्म मनोनयनमा परेका कृष्ण ज्ञवाली, जनकराज सापकोटा, रमेशकुमार, सागर बुढाथोकी र शोभा शर्माले अवार्डको मनोनयनमा राखिएकोमा आपत्ति जनाउँदै आफूहरु प्रतिस्पर्धामा नरहेको जनाएका हुन् ।
हिमाल खबरपत्रिकाका सागर बुढाथोकीले लेखेका छन्– समाचारबाट मिडिया अवार्डको मनोनयनमा मेरोपनि नाम राखिएको थाहा पाएँ । कस्ले र कुन उदेश्यले आयोजना गरेको हो, जानकारी नदिएको उक्त अवार्डमा आफ्नो रुचि नभएको जानकारी गराउँदछु। म उक्त अवार्डको प्रतिस्पर्धामा छैन्, आयोजकलाई मेरो नाम हटाउन अनुरोध गर्दछु।
समाचारबाट मिडिया अवार्डकाे मनाेनयनमा मेराेपनि नाम राखिएकाे थाहा पाएँ । कस्ले र कुन उदेश्यले आयाेजना गरेकाे हाे, जानकारी नदिएकाे उक्त अवार्डमा आफ्नाे रुचि नभएकाे जानकारी गराउँदछु। म उक्त अवार्डकाे प्रतिस्पर्धामा छैन्, आयाेजकलाई मेराे नाम हटाउन अनुराेध गर्दछु।
— Sagar Budhathoki (@sagarb1996) January 5, 2022
अनलाइनखबरका कृष्ण ज्ञवालीले पनि आफू अवार्डका लागि योग्य नभएको भन्दै नाम हटाउन र चयन नगरिदिन अनुरोध गरेका छन् ।
नेपाल मिडिया अवार्डको मनोनयनमा मेरो नाम परेको रहेछ । अवार्डका लागि म आफू योग्य नभएको महशुस गरेकाले त्यसबाट मेरो नाम हटाउन र चयन नगरिदिनुहुन आयोजकहरुसामु अनुरोध छ ।
— Krishna Gyawali (@krishnaktm) January 5, 2022
यस्तै कान्तिपुर दैनिकका जनकराज सापकोटाले पनि आफू प्रतिस्पर्धामा नरहेको जनाएका छन् ।
पत्रकारको गुणवत्ता उसका समाचारहरु र पाठकको विश्वासबाट झल्किन्छ । यो मनोनयनको सुचीमा मेरो नाम किन राखियो ? कसले राख्यो ? म जानकार छैन । म यो प्रतिस्पर्धामा पनि छैन् । किनकी पुरस्कार पाउन लायक काम म बाट भएकै छैन । धन्यवाद ।
— Janakraj Sapkota (@janakrasa) January 5, 2022
मनोनयनमा परेकी पत्रकार शोभा शर्माले आफूलाई सोधिएकोमा आफूले त्यसको इच्छा नभएको भन्ने जानकारी गराएर पनि मनोनयनको सूचीमा राखेकोमा आपत्ति जनाएकी छन् । उनले लेखेकी छन्– पुरस्कारको नोमिनिमा परेको र नाम सार्वजनिक गर्नुअघि सोध्न भन्दै बिहान कमल जिसीले फोन गर्नुभाथ्यो। मैले पुरस्कारसँग जोडिन चाहन्न लिन पनि चाहन्न भनेँ।अनि उहाँले मेरो नामको ठाउँ खाली पठाउँछौँ भन्नूभयो। कि मेरो इच्छा सोध्न हुन्थेन कि यसरी नाम प्रकाशित गर्न हुन्थेन। कति गैरजिम्मेवार !
पुरस्कारको नोमिनिमा परेको र नाम सार्वजनिक गर्नुअघि सोध्न भन्दै बिहान कमल जिसिले फोन गर्नुभाथ्यो। मैले पुरस्कारसँग जोडिन चाहन्न लिन पनि चाहन्न भनेँ।अनि उहाँले मेरो नामको ठाउँ खाली पठाउँछौँ भन्नूभयो। कि मेरो इच्छा सोध्न हुन्थेन कि यसरी नाम प्रकाशित गर्न हुन्थेन। कति गैरजिम्मेवार!
— दोस्रो दर्जाकी शोभा (@SharmaShova) January 4, 2022
उनको भनाइमा समर्थन जनाउँदै हिमाल खबरका रमेशकुमारले पनि आफूपनि यो अवार्डका लागि प्रतिस्पर्धामा नभएको जनाएका छन् । उनले ट्वीटरमा लेखेका छन्– समाचारमा बिहान देखेँ, मेरो नाम पनि उक्त पुरस्कारको सम्भावित सूचिमा रहेछ । कस्तो, कहाँको, कुन उदेश्यको भन्ने जानकारी नभएको उक्त पुरस्कारका लागि म प्रतिस्पर्धामा छैन । रुचि छैन ।
थप- यसैबीच मिडिया अवार्डको मनोनयनमा परेका भनिएका अन्य पत्रकारहरूले पनि त्यसप्रति आपत्ति जनाउँदै मनोनयनमा नपरेको जनाएका छन् । पत्रकारहरू मणि दाहाल, कृष्ण आचार्य, जनकराज सापकोटा, अर्जुन पौडेल, अविन श्रेष्ठ, प्रकाशचन्द्र तिमल्सिना, अंगद ढकाल, रीना मोक्तान र सुरज राजथलाले संयुक्त विज्ञप्ति निकालेर कुन कुन मापदण्डका आधारमा मनोनयन तयार पारिएको भन्ने नखुलेको अपारदर्शी इभेन्टमा आफूहरूको नाम नराख्न र राखेको भए त्यसमा सहमति नहुने जनाएका हुन् । सापकोटाले यसअघि नै आफु यो नोमिनेसनबाट अलग रहेको बताइसकेका थिए ।
विज्ञप्ति-

के भन्छन् आयोजक ?
अवार्डको आयोजना गरेको ड्रिम हाइ नेपाल नामक संस्थाका निर्देशक कमल जीसीले पत्रकारिता क्षेत्रमा राम्रो काम गरिरहेकाहरुलाई सम्मान गर्न अवार्ड आयोजना गरिएको दाबी गरे । ‘अरु विभिन्न क्षेत्रमा अवार्ड आयोजना भएपनि मिडियामा हुँदैनन् त्यसैले मिडियाकर्मीहरुलई पनि सम्मान गरौँ भनेर हामीले यो सम्मान को आयोजना गरेका हौँ केही साथिले नबुझेर वा कुनै कारणले म लिन्न भन्नुहुन्छ भने त्यसो गर्न पाइन्छ’ उनले भने ।
२० वटा विधामा पत्रकारलाई अवार्ड दिने तयारी रहेको र त्यसमध्ये १९ वटामा पाँच पाँचजनाको नाम सार्वजनिक गरिएको उनले बताए । पत्रकारिता क्षेत्रका सम्मानित तीनजनाको जुरीले उनीहरुको नाम चयन गरेको र त्यही जुरीले नै पाँच पाँचजनामध्येबाट एक एक जनालाई उत्कृष्ट चयन गर्ने उनले बताए ।
उनले पत्रकारिताको विकास गर्न र काम गरिरहेका पत्रकारहरूलाई थप प्रोत्साहन होस् भनेर अवार्ड आयोजना गरिएको उनले दाबी गरे । आफूहरु इभेन्ट म्यानेजमेन्ट कम्पनी भएकाले यो अवार्ड आयोजनामा नाफा घाटाको कुरा पनि स्वत: जोडिने उनले बताए । आफुहरूले यसअघि पनि ब्यावसायिक हिसाबले विभिन्न अवार्डहरू गरेको उनले बताए ।
‘उत्कृष्ट’ हुने पत्रकारले प्रमाण पत्र र अवार्ड पाउने उनले बताए । आफूहरुले किशोर नेपाल, भैरब रिसाल र नीर शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्न लागेको र उनीहरुले जनही ५१ हजार १ सय ११ रुपैया पाउने जीसीले बताए ।
कुन कुन विधामा को को छन् मनोनयनमा ?









