गूगललाई रुसमा अहिलेसम्मकै धेरै जरिवाना
मकालु खबर
२०७८ पुस ९ गते
काठमाडौँ । रुसको एक अदालतले गूगललाई झण्डै १० करोड डलर जरिवाना गरेको छ ।
गूगलमा राखिएको गैरकानुनी सामग्री हटाउने आदेश नमानेपछि रुसी अदालतले गूगललाई ९ करोड ८१ लाख अमेरिकी डलर जरिवाना गर्ने फैसला गरेको हो ।
मस्कोको जिल्ला अदालतले शुक्रबार उक्त फैसला गरेको रूसको सरकारी च्यानल आरटीको आधिकारिक अनलाइनले जनाएको छ । आरटीका अनुसार यो रकम गूगललाई रूसमा गरिएको अहिलेसम्मकै सर्वाधिक जरिवाना हो ।
मकालु खबर
२०७८ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित