भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तरराष्ट्रिय पाठशाला सुरु

काठमाडौँ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र वैज्ञानिक खोज अनुसन्धान गर्ने नामी नामक संस्थाको आयोजनामा भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तरराष्ट्रिय पाठशाला आजदेखि सुरु गरिएको छ ।

पाठशालामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान तथा प्रविधिको समुन्नत विकास भएको देश नै विकास र समृद्धिमा अगाडि बढेको बताउँदै पाठशालाले विकासको खाका पनि कोर्ने बताए । कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको प्रगति प्रस्तुत गरेका  थिए । काठमाडौँ विश्वविद्यालयका डीन डा मनिस पोखरेलले कृत्रिम बौद्धिकता कम्प्युटर इन्जिनियरका लागि मात्र नभई सबै क्षेत्रका लागि आवश्यक रहेको औँल्याए ।

न्यूनतम स्तानक उत्तीर्णदेखि पीएचडीसम्मको अध्ययनरत स्वदेश तथा विदेशका १२० जना प्रशिक्षार्थी सहभागी रहेको पाठशालामा विश्वका विभिन्न देशका ३० वैज्ञानिकहरूले प्रशिक्षण दिइरहेको नामीका इन्जिनियर श्रेयासा पौडेलले जानकारी दिइन् । पाठशालामा विश्वका विभिन्न वैज्ञानिकहरूले सहभागीलाई वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी जानकारी दिई खोज अनुसन्धानमा लाग्ने व्यक्ति तथा संस्थालाई सहयोग गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरेको उनले बताए ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =