बाँदरझुला संघर्ष समिति र भूमि आयोगबीच तीनबुँदे सहमति
२०७८ पुस ६ गते

काठमाडौँ । राष्ट्रिय भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीनबुँदे सहमति भएको छ ।
केही समयअघि पटक पटक स्थानीय तह र सरोकारवालासँग वार्ता गर्दा मौखिक सहमति र मौखिक रुपमा जग्गा पाए पनि लिखित रुपमा लालपूर्जा भने कसैले नदिएको भन्दै आन्दोलनरत स्थानीयसँग आयोगले तीन बुँदे सहमति गरेको हो ।
आयोगले बाँदरझुलामा फागुन मसान्तसम्म लगत संकलन र जग्गा नापजाँचको सूचना प्रकाशित गर्ने र लगत संकलनको निवेदन दिएकै दिन जग्गा नापजाँचको निस्सा वितरण गर्ने सहमति भएको छ ।
त्यस्तै बाँदरझुलामा विद्युतीकरणका लागि बजेट परिसकेकाले निर्माणकार्य यथाशक्य छिटो अघि बढाउन पहल गर्ने सहमति भएको छ । खेतीपातीका लागि बाँदरझुलामा ट्याक्टर प्रयोग गर्न नदिएको जमीनमा ट्याक्टर प्रयोग गर्न दिनेगरी सम्बन्धित निकायमा पत्राचार गर्ने सहमति भएको छ ।

२०७८ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








