बेथानचोक गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।

भविष्यमा लोक सेवा आयोगबाट सञ्चालन हुने शाखा अधिकृत तथा नायब सुब्बा पदको तयारीका लागि कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए ।

कक्षामा ६० जना सम्म सहभागी गराइने छ भने बेथान्चोकस्थित पार्वती माध्यामिक विद्यालयमा कक्षा सञ्चालन हुनेछ । कक्षाको लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

उनका अनुसार कक्षा लिन इच्छुकहरूलाई सहभागिताको लागि गाउँपालिकाले अनुरोध पनि गरेको छ । इच्छुक व्यक्तिहरूले कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, वडा कार्यालयको सिफारिस र १८ वर्ष उमेर पुरा भएको हुनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + five =