खुकुरी रमले देशभर विशेष साङ्गीतिक अभियान चलाउने
२०७८ पुस २ गते

काठमाडौँ । खुकुरी रमले देशका विभिन्न स्थानहरूमा विशेष साङ्गीतिक अभियान चलाउने भएको छ ।
आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानमा नयाँ कलाकारहरूको प्रोत्साहनका लागि प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष साङ्गीतिक अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।
खुकुरी रमले देशका विभिन्न जिल्लाका रेस्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगायतका ठाउँहरूको छनौट गरी साङ्गीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए ।
देशका विभिन्न ठाउँमा गएर आर्बिटरीसँग आबद्ध कलाकारहरूले आफ्नो प्रस्तुति दिने कम्पनीले जनाएको छ ।
२०७८ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित








