ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दी । सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध१त ४४५ नंको ट्र्याक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो ।

ट्र्याक्टरमा च्यापिएर धाइरिङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ । मृतकको शव ब्याकुहोलोडरको सहायताले निकालेर परीक्षणका लागि कुश्मा अस्पताल पठाइएको छ । प्रहरी र स्थानीयवासीले ट्र्याक्टरले च्यापिएको शव निकालेका थिए ।

दुर्घटना भएको ट्र्याक्टर मोहित मल्लको भएको बताइएको छ । दुर्घटना भएको ट्र्याक्टर मिलनचोकबाट हराएको थियो । ट्र्याक्टरमा तीनजना सवार थिए । सकुशल दुईजनाले आफूहरुले ट्र्याक्टर मिलनचोकबाट घाखेत लगेर फर्कने क्रममा दुर्घटना भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 8 =