काठमाडौंमा आईएमई जनरल इन्स्योरेन्सको भवन शिलान्यास
२०७८ मंसिर २४ गते

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले काठमाडौं महानगरपालिका–३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेको छ ।
भवनको शिलान्यास बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले भवन निर्माण कार्य समयमै सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने बताए ।
भवन शिलान्यास कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।
२०७८ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








