लमजुङ दुर्घटना अपडेट : ३ काे मृत्यु, ९ घाइतेमध्ये गम्भीर २ जनालाई चितवन लगियाे
मकालु खबर
२०७८ मंसिर २३ गते
काठमाडौँ । बुधबार लमजुङको मस्याङ्दी गाउँपालिका ८ भुस्मेमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका २ जनालाई चितवन ‘रेफर’ गरिएको छ । जिपमा सवार ११ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य घाइतेमध्ये ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइहरेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले मकालुखबरलाई जानकारी दिए ।
सहायक प्रजिअ मिश्रका अनुसार पिकनिक जान हिँडेका ३ वटा जिपमध्ये एउटा जिप दुर्घटनामा परेको हो । हाल दुर्घटनाको उद्धार कार्य सकिएको छ । मृतकको सनाखत भइसकेको छैन । भने घाइते २ जनाको अवस्था गम्भीर रहेको उनको भनाई छ ।
मकालु खबर
२०७८ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित