आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोश्रो वर्षमा

काठमाडौँ । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुप परिमार्जन गरेको छ । आईएमई लाइफ डाइरेक्ट को नाम बाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा बढी र गुणस्तरीय सेवा ग्राह, अभिकर्ता तथा अन्य सर्व साधारणहरुलाई दिने विश्वास कम्पनीले लिएको जनाएको छ ।

लाइफ इन्स्योरेन्स कम्पनिहरु मध्ये च्याटवोट मार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आईएमई लाइफ इन्स्योरेन्सले एक वर्षअघि आजकै दिन बाट च्याटबोट सेवा उपलब्ध गराएको हो ।

एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधा सहित प्रविधि मैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीले जनाएको छ । थप सुविधा दिन तथा प्रविधि मैत्री बनाउनको लागि च्याटबोटमा आर्टिफिसियल ईन्टेलिजेन्स तथा डिजिटल प्रविधि अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनानाइएको जनाएको छ ।

कम्पनीका अनुसार एक बर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हालसम्म झन्डै एक लाख सत्तरी हजार वटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको छ । यसबाट पनि उक्त च्याटबोट आजको प्रविधि मैत्री समाजमा अत्यन्त उपयोगी भएको जनाएको छ ।

सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरुको भरपर्दो उत्तर दिई छिटो छरितो रुपमा सेवा प्रदान गरी कार्यालयमा गइरहनु पर्ने झन्झटबाट मुक्त गर्ने गरि नयाँ स्वरुपमा आएको च्याटबोट आईएमई लाइफ डाइरेक्ट एक प्रकारले आईएमई लाइफको भर्चुअल कार्यालयको रुपमा आफूलाई उभ्याउन सफल हुने तथा बढि भन्दा बढी ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरुलाई सेवा दिन सफल हुनेमा आफू विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *