कास्कीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते
२०७८ मंसिर १४ गते

फाइल फोटो
पोखरा । कास्कीको अन्नपूर्ण गाउँ पालिका वडा नम्बर ३ पाउदुर घुम्तीमा बस पल्टिँदा चालकको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । भैरहवाबाट बागलुङ जाँदै गरेको बस स्थानीय जुमकाजी विकको घरमा खसेको हो ।
दुर्घटनाबाट पाल्पा घर भएका बस चालक भूपनाथ खनालको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । बसमा सवार बागलुङका २९ वर्षीय शिवराम शर्मा, ४८ वर्षीय कृष्ण खड्का, २५ वर्षीय राजु श्रेष्ठ, ८५ वर्षीय उमलाल श्रेष्ठ, ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वताका ३५ वर्षीय सूर्य तिवारी, चितवनका २३ वर्षीय साधना उपाध्याय र कास्की अन्नपूर्ण ३ कि माया विक घाइते भएका छन् ।
घाइते सबैको पोखराको फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
२०७८ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








