कांग्रेस डोटीको सभापतिका लागि दोस्रो चरणको चुनाव हुने

डोटी । डोटीमा कांग्रेसको जिल्ला सभापतिका लागि दोस्रो चरणको चुनाव हुने भएको छ । मंगलबार भएको चुनावमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो ।

मतदानमा १०८५ मत खसेकोमा नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीपकुमार देउवाले  २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत पाए । देउवा वर्तमान सभापति हुन् । उनी मत परिणाममा तेस्रो नम्बरमा परेपछि सभापतिको लाइनबाट बाहिरिएका छन् ।

सर्वाधिक मत ल्याउने सिंह र बडूबीच सभापतिका लागि फेरि चुनाव हुने निर्वाचन समितिले जनाएको छ । अब सिंह र बडूले पहिलो चरणबाट बाहिरिएका  देउवा, ढाँट र ओझाको साथ लिएर आफ्नो पक्षमा माहौल बनाउन सक्रिय भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *