एमाले महाधिवेशन : सचिवमा उम्मेदवारी दिने बस्नेतको घोषणा
मकालु खबर
२०७८ मंसिर ७ गते
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा सांसद महेश बस्नेतले दसौँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौँस्थित रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
जनपरिचालनका हिसाबले एमाले महाधिवेशनलाई धेरै भव्य र ऐतिहासिक बनाउने भन्दै नेता बस्नेतले कुनै दलले अहिलेसम्म गर्न नसकेको नारायणी किनारादेखि गैंडाकोट सबै भू-भाग मानवसागरले भरिने दाबी गरे ।
पार्टी अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत् हुने भन्दै अध्यक्ष ओलीलाई युवाहरूले फादर अफ द नेसनका रुपमा स्वीकारेको नेता बस्नेतले दाबी गरे ।
मकालु खबर
२०७८ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित