सानिमा बैंकको प्रायोरिटी काउन्टर कुमारीपाटीमा

काठमााडौँ । सानिमा बैंकले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा पनि विस्तार गरेको छ।

आफ्ना प्रायोरिटी ग्राहकहरूको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्न विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जनाएको छ।

यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरूलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहकसेवा प्रतिनिधि नियुक्त गरिएको जनाइएको छ।

कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक श्यामकाजी अवालेले संयुक्तरूपमा गरेका हुन्।

सानिमा बैंकले देशभर ११७ वटा शाखा तथा ९७ वटा एटिएमबाट सेवा दिइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *