महिन्द्राको २ एस सर्भिस सेन्टर विभिन्न स्थानमा सञ्चालन हुँदै

काठमाडौं । महिन्द्रा फोर व्हीलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वर्क्श प्रालिले हालसालै तीन नयाँ २ एस सब–डिलरहरु आफ्नो आधिकारिक ३एस डिलर लोक शुसिला अटो कनशर्नअन्तर्गत सञ्चालनमा ल्याएको छ ।

ग्राहकको आवश्यकतालाई ध्यान दिएर सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्क्शले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशप​, कपिलवस्तु; मैनाबगर अटोल्यान्ड​, मैनाबगर र रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयर​, पाल्पा सञ्चालनमा ल्याउने जनाएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसी तथा अग्नी ग्रुपका एक्जुकेटिभ डाइरेक्टर अर्जुनप्रसाद शर्माले मैनाबगर अटोल्यान्डको समुद्घाटन गरेका हुन् ।

त्यस्तै, दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशपको पनि सोही दिन बालाजु अटो वर्कशका स्पेयर हेड तथा कर्मचारीकाे उपस्थितिमा संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *