कटरिनाको विवाहका कारण सर्यो ‘टाइगर ३’ को सुटिङ
२०७८ कार्तिक २४ गते

एजेन्सी । बलिउड अभिनेता सलमान खानले ‘टाइगर ३’ को सुटिङ सारेका छन् । कटरिना कैफको विवाहका लागि उनले सुटिङ सारेका हुन् ।
उनले ७ देखि १४ डिसेम्बरमा विक्की कौशलसँग विवाह गर्दैछिन् । माधोपुरस्थित सिक्स सेन्सेस फोर्ट होटेलमा हुने वैवाहिक समारोहमा सलमान खानसहित बलिउडका धेरै चर्चित कलाकार सरिक हुँदैछन् ।
यही कारण अब जनवरीमा मात्रै टाइगर ३ को सुटिङ सुरु हुनेछ । शाहरुख खानका छोरा आर्यन खान ड्रग्स प्रकरणमा मुछिएका कारण पठान चलचित्रको सुटिङसमेत सरेको छ । यस चलचित्रमा शाहरुख मुख्य भूमिकामा छन् भने सलमान अतिथि भूमिकामा देखिँदैछन् ।
२०७८ कार्तिक २४ गते
प्रतिक्रिया
सम्बन्धित








