सिन्धुलीगढीमा किन जारी गरियाे निषेधाज्ञा ?

काठमाडौँ । सिन्धुलीकाे सदरमुकाम सिन्धुलीगढीमा निषेधाज्ञा जारी गरिएको छ । एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद भएपछि अप्रिय घटना घट्न नदिने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रजिअ रमेश न्यौपानेले जानकारी दिए । सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन गर्ने र त्यहाँ बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रूपमा पोखरेललाई बोलाएको थियो ।

कार्यक्रममा सहभागी हुन पोखरेलले मंगलबार नै सिन्धुलीगढी गएका थिए । तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाएका थिए । गठबन्धनका दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए । यसपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सहमतिको लागि प्रजिअ न्यौपानेको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा पनि सहमती जुट्न सकेको थिएन । त्यसपछि जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =