साग भनेर धतुरोको तरकारी खाँदा मृत्यु

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकमा साग भनी धतुरोको तरकारी पकाएर खाँदा एक जना वृद्धाको मृत्यु भएको छ ।  दुई जना बिरामी परेका छन् । आँखा कमजोर अवस्थामा उनीहरूले साग भनी धतुरो टिपेर ल्याएको र तरकारी बनाएर खाएपछि बेहोस भएका तीन जनामध्ये ८३ वर्षीय पवित्रा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धतुरोको तरकारी खाएर बेहोस भएका ७५ वर्षीया धनकुमारी अधिकारी र ६९ वर्षीय ठगीमाया भण्डारी बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचार गरी घर फर्किएका छन् । प्रहरी अनुसन्धान अनुसार तिनै जना एउटै घरमा बस्दै आएकोमा उनीहरूले धतुरोको तरकारी बनाएर खाएको र त्यसपछि राति तिनै जना बेहोस भएका थिए ।

सोमबार अबेरसम्म घरको ढोका बन्द भएको देखेपछि छिमेकीले ढोका खोलेका थिए । ढोका खोल्ने क्रममा तिनै जना बेहोस अवस्थामा रहेपछि स्थानीयले जिल्ला अस्पताल पुर्‍याएका थिए ।  अस्पतालमा उपचारका लागि ल्याउने क्रममा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल ल्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार दुई जना जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =