बैङ्क अफ काठमान्डूको सीईओमा श्रवण मास्के

काठमाडौँ । बैङ्क अफ काठमान्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्केलाई नियुक्त गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले बैङ्कका सीईओमा श्रवणलाल मास्केलाई नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ मास्केले साउन महिना देखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैङ्कको नेतृत्व दिँदै आएका थिए । यसअघि बैङ्कका सीईओ रहेका शोभनदेव पन्तले कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए ।

सन् १९८५ मा नबिल बैङ्कबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ । श्रवणलाल आफ्नो कार्यकालमा बैङ्क अफ काठमान्डूलाई थप सबल, सफल तथा अझै सुदृढ बैङ्कको रूपमा स्थापित गराउन आफ्नो प्रमुख भूमिका रहने जानकारी गराए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =