राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. पाठकले लिए सपथ

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा. पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सञ्चालक समितिको बसेको बैठकले डा. पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सञ्चालकको रुपमा कार्य गरेको अनुभव रहेको छ ।

डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =