‘डेरिभेटिभ प्रोडक्टबारे ५३ प्रतिशत व्यवसायीलाई जानकारी अभाव’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘विदेशी विनिमय डेरिभेटिभ बजार’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले ५२.९ प्रतिशत व्यवसायीलाई डेरिभेटिभ प्रडक्टबारे जानकारी नै नभएको देखाएको छ ।

अध्ययनमा सहभागी मध्ये ३७ प्रतिशतले दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको रहेको बताएका छन् । राष्ट्र बैंकले ८१ उत्तरदाता गैरवित्तीय फर्महरू ११५ प्रश्नावली सोधिएको थियो । ती मध्ये मध्ये १४.८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेका थिए । जसमध्ये अधिकांश स्टिल तथा धातु उत्पादक फर्महरू रहेका छन् ।

तरलता, बजार सहभागिता, कानुनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा हेर्दा नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा नै रहेको अध्ययनले देखाएको छ । विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने अध्ययनले देखाएको छ ।

हालको ओभर दि काउन्टर (ओटिसी) मार्केटलाई अझ सशक्त बनाउँदै वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न लङ टर्म फरवार्ड, स्वाप्स र अप्सनलाई प्रबद्र्धन गर्नुपर्ने देखिएको छ ।

अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारेमा पनि छोटकरीमा विश्लेषण गरेको छ । सार्क मुलुकहरूमध्ये भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ ।

सर्वेक्षण नतिजाअनुसार नेपालमा सबै वाणिज्य बैंकहरू फरवार्ड मार्केटमा संलग्न रहेको र आधाजसो बैंकहरू स्वाप्स कारोबारमा संलग्न रहेको देखिएको छ ।

अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थिति बारेमा विश्लेषण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 8 =