लाइसेन्सको अनलाइन आवेदन सेवा बन्द

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन सेवा बिहीबारदेखि बन्द भएको छ । कोरोना महामारीका कारण झण्डै ६ महिनापछि सोमबार साँझ ५ बजेबाट खुलेको अनलाइन आवेदन सेवा बिहीबारदेखि फेरि बन्द भएको हो ।

लामो सयमयपछि लाइसेन्सका लागि अनलाइन आवेदन खुलेको र आवेदन भर्ने सेवाग्राहीको चाप बढेपछि सर्भर डाउन भएकोले सेवा स्थगित गर्नुपरेको यिातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए ।

अनलाइन आवेदन खुलेपछि झण्डै १० लाख मानिसले एकै पटक आवेदन गर्दा सर्भरले नधानको उनको भनाई छ । प्रणाली मर्मत गरेर मंगलबारदेखि सेवा पुनः सुचारु गर्ने प्रयास भएरहेको उनले बताए ।

सवारी चालक अनुमति पत्रको लाइसेन्सका लागि आवेदन दिएर परीक्षाका लागि प्रतिक्षामा रहेको साढे ३ लाख सेवाग्राही छन् । आवेदन दिने क्रममा १० लाख भन्दा बढी छन् ।

उपत्यकामा ४ र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन् । उपत्यकामा आवेदनदिएकाहरुको ४ महिनापछि र उपत्यकाबाहिरबाट आवेदन दिएकाहरुको १ महिनापछि परीक्षाको पालो आउने उनले बताए ।

लाइसेन्सका लागि लिइने लिखित परीक्षामा ६० प्रतिशत र ट्रायलमा ७० प्रतिशत अंक ल्याउएमा उत्तीर्ण हुने व्यवस्था छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =