धानबालीकाे ६५ प्रतिशत क्षतिपूर्ति सरकारले दिने
२०७८ कार्तिक ११ गते

काठमाडौं । धानबालीमा पुगेको क्षतिको ६५ प्रतिशत क्षतिपूर्ति सरकारले दिने भएको छ ।
असोज अन्तिम र कात्तिकको सुरुमा भएको बेमौसमी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण क्षति भएको धानबालीको ६५ प्रतिशत क्षतिको पूर्ति सरकारले गर्ने भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
तर, ६५ प्रतिशत क्षतिपूर्ति पाउन १० कठ्ठाभन्दा कम जाग्गा भएको किसान हुनुपर्ने छ । ३ विगाहासम्म जग्गा भएकालाई क्षतिको ३० प्रतिशत र ३ विगाहाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशत क्षतिपूर्ति दिने निर्णय सरकारले गरेको छ ।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेर सरकारले धानबालीमा भएको क्षतिको अध्ययन गरेको थियो ।
२०७८ कार्तिक ११ गते
प्रतिक्रिया
सम्बन्धित









