नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा अधिकारी

काठमाडौँ। सरकारले नेपाल एयरलाइन्सको अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एयरलाइन्सको अध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि एयरलाइन्सका अध्यक्ष रहेका सुशील घिमिरेले राजीनामा दिएका छन् । उनको राजनीतिामा समेत बैठकले स्वीकृत गरेको उनले जानकारी दिए ।

नेपाल एयरलाइन्समै कार्यरत अधिकारी उमेरहदका कारण सेवा निवृत्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =