लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा

काठमाडौँ । नेपाल लघुवित्त बैकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा चयन भएका छन्। शर्मा लक्ष्मी लघुवित्तमा आवद्ध छन् । संघको पन्ध्रौँ साधारणसभाले शर्माको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारणसभाले पूरै कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सभारणसभाले समितिको उपाध्यक्षमा धौलागिरी लघुवित्तका मीनबहादुर बोहोरा, महासचिवमा नेशनल माइक्रो फाइनान्सका रामबहादुर यादव, कोषाध्यक्षमा उन्नति सहकार्य लघुवित्तका प्रेमबहादुर पाठक र सचिवमा सबैको लघुवित्तका केशवकुमार पौडेललचयन गरेको छ ।

त्यसैगरि सदस्यहरुमा जनउत्थान लघुवित्तका श्रीराम पोखरेल, माहुली लघुवित्तका गंगाधर पाण्डे, इन्फिनिटी लघुवित्तका प्रविणकुमार लामा, आशा लघुवित्तका बद्रीप्रसाद दुलाल, सिभिल लघुवित्तका विनोद आचार्य र जालपा सामुदायिक लघुवित्तकी बिमला योगी चयन भएका छन् ।

साधारणसभा कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले लघुवित्त संस्थाहरुको २०७८ असार मसान्तको कुल पूँजी कोष ३९ अर्ब रुपैयाँ रहेको बताए । सदस्यहरुको निक्षेप १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको जानकारी दिए ।

अन्य संस्थाहरुबाट सापटी २ खर्ब ७ अर्ब रुपैयाँका साथै लगानीमा रहिरहेको कर्जा ३ खर्ब ६६ अर्ब रुपैयाँ रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *