राजस्व अनुसन्धान विभागले चिनेन आफ्नै महानिर्देशक

काठमाडौँ । राजस्व अनुसन्धान विभागले आफ्नो वेबसाइटमा महानिर्देशकको नाम र फोटो फरक फरक राखेको पाइएको छ । विभागका बहालवाला महानिर्देशक हुन्- प्रकाश पौडेल ।

असोजको दोस्रो साता उनी विभागका महानिर्देशक नियुक्त भएका हुन् । तर, विभागको वेबसाइटमा महानिर्देशककाे ठाउँमा प्रकाश पाैडेलकै फाेटाे रहे पनि नाम भने रामप्रसाद रामप्रसाद आचार्यको छ । यसअघिका महानिर्देशक रामप्रसाद आचार्य  विभागबाट गण्डकी प्रदेशमा सरुवा भइसकेका छन् ।

विभागको वेबसाइटको मेनुमा रहेको ‘हाम्रो बारेमा’मा क्लिक गरेर ‘कर्मचारी विवरण’मा जाने हो भने त अहिलेसम्म महानिर्देशक रामप्रसाद आचार्यकै नाम छ । फोटो भने पाैडेलकाे छ । विभागले प्रकाश पाैडेलकाे तस्विर राखेर साे ठाउँमा रामप्रसाद आचार्यकाे नाम लेखेकाे छ ।

देशको राजस्वबारे अनुसन्धान गर्ने विभागकै वेबसाइटमा यस किसिमको लापरबाही देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *