बादल लागेपनि तत्काल झरी नपर्ने

काठमाडौँ । आकाशमा बादल लागे पनि तत्कालै झरी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षा गराउने मौसमी प्रणाली नेपालबाट बाहिरिएका कारण तत्कालै झरीको सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौषमविद् वरुण पौड्यालले मकालुखबरलाई जानकारी दिए ।

यद्यपि पहाडी भू-भागमा मौसमी प्रणालीले छोडेको जलबाष्प र बादल अहिले पनि आकाशमै भएकाले बादल लागेको पौड्यालले जानकारी दिए । अहिले बिस्तारै चिसो बढ्दै गएको र कतिपय स्थानमा बिहान हुस्सु पनि लाग्न थालेको उनको भनाइ छ ।

स्थानीय रूपमा विकसित बादल तथा पश्चिमी क्षेत्रबाट आएको पश्चिमी वायुले ल्याएको बादलका कारण पोखरालगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मध्य क्षेत्रका केही स्थानमा छुटफुट पानी परिरहेको तर ठूलो र लगातार पानी पर्ने सम्भावना तत्काल नभएको उनले जानकारी दिए । ‘घाम नै नलागे पनि तत्काल लगातार वर्षा हुने झरी पर्ने र बाढी आउने सम्भावना छैन’ उनले भने ।

गण्डकी, बागमती र प्रदेश नम्बर १ का एक दुई ठाउँमा छुटफुट वर्षा हुन सक्ने सम्भावना भने कायमै रहेको र आउँदो सोमबारदेखि घाम लाग्ने र मौसममा सुधार भएर जाने सम्भावना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *