लापाजमा दुर्घटना, १२ जनाको मृत्यु
मकालु खबर
२०७८ कार्तिक ४ गते
लापाज । बोलिभियाको लापाजमा सवारी दुर्घटना हुँदा कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ । बोलिभियाको लापाजनजिकैको हाउनी नगरको सडकमा गुडिरहेका दुई सवारी साधन ठोक्किँदा दुर्घटनामा भएको बताइएको छ ।
दुर्घटनामा परी ज्यान जानेमा लापाजको खानीमा काम गर्ने मजदुरका तीन जना नेता पनि परेका छन् । मजदुरसम्बन्धी कार्यक्रममा पुगेर फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्।
दुर्घटनामा घाइते भएका दुई जनालाई अस्पताल पुर्याइएको छ ।
मकालु खबर
२०७८ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित