बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी सङ्क्रमित

लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरूमा झन् बढेको देखिएको छ। यहाँका अधिकारीहरूका अनुसार बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिएको छ। स्वास्थ्य अधिकारीहरूले पछिल्ला केही दिनमा सङ्क्रमण झन् बढेको पाइएको बताएका हुन्। अधिकारीहरूले बताएअनुसार गएको २४ घन्टामा पहिलोपटक ४२ हजारभन्दा बढी सङ्क्रमित देखिएका हुन् ।

सरकारले अघि सारेका स्वास्थ्यसम्बन्धी कार्यक्रम र अन्य मापदण्डलगायत प्रयासका बाबजुत यहाँ सङ्क्रमित हुनेको दरमा कमी आएको छैन। पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकै दिनमा सङ्क्रमण भएको छ । योसमेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८२ लाख ७२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १३६ जनाको मृत्यु भएको छ ।

अधिकारीले निकै लामो समयपछि यहाँ यतिधेरै व्यक्तिको एकैदिन मृत्यु भएको बताए । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजारजना अझै पनि अस्पतालमै उपचाररत छन् ।

यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *