जुम्लामा होटल सञ्चालक मृत फेला, हत्याको आशंका
२०७८ असोज २८ गते

जुम्ला । जुम्लामा एक होटल सञ्चालक मृत फेला परेका छन् । चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्यालीभ्यू होटलका सञ्चालक शेरबहादुर शाही मृत भेटिएका हुन् ।
दैलेख जिल्ला स्थायी शाहीको बुधवार हत्या भएको आशंका गरिएको छ। होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएपछि हत्याको आशंका गरिएको हो। उनको शव बिहीबार विहानै होटलको बरण्डामा भेटिएको थियो।
प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार अहिले प्रारम्भिक अनुसन्धान भइरहेको छ। उनले भने,‘प्रहरीको अनुसन्धानले कुनै न कुनै टुङ्गोमा पुग्ने अपेक्षा गरिएको छ।’ शाहीले झन्डै डेढ दुई वर्षदेखि जुम्लामा होटल व्यवसायी सञ्चालन गर्दै आएका थिए ।
२०७८ असोज २८ गते
प्रतिक्रिया
सम्बन्धित








