साधना लघुवित्तको ९३ औँ शाखा नागार्जुनमा

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नाे ९३ औं शाखा काठमाडौँ उपत्यककाको नागार्जुन नगरपालिका–१ रानीवन प्लानिङ्गमा सञ्चालनमा ल्याएको छ । शनिबारका नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरेका हुन् ।

नयाँ शाखा सञ्चालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौँ उपत्यककाबाट पनि आप्mनो वित्तीय सेवा प्रदान गर्ने भएको छ ।

वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत गरी जम्मा २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यहि कात्तीक १३ गते पाचौँ वार्षिक साधारणसभा समेत डाकेको छ । राष्ट्रिय स्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा सञ्चालानमा ल्याएको छ ।

देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *