साढे ४ लाखकाे अवैध लुब्रिकेन्टसहित एक पक्राउ

नवलपरासी पश्चिम । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४ लाख ६० हजार रुपैयाँ बराबरको विभन्न ब्रान्डका लुब्रिकेन्ट(मोबिल आयल)सहित एकजना पक्राउ परेका छन् ।

सुस्ता गाउँपालिका–५ रतनगञ्जस्थित सडकबाट लु.१ च ४६२८ नम्बरको गाडीमा अवैध रुपमा भन्सार छली गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा गाडीका चालक सुस्ता गाउँपालिका–३ कुडिया बस्ने २५ वर्षीय पप्पु थारु प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाडीमा लुब्रिकेन्ट लुकाएर ल्याउँदै गरेको अवस्थामा फेला पारी चालक थारुलाई पक्राउ गरेको जनाएको छ ।

बरामद गरिएको लुब्रिकेन्टसहितको गाडी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय नवलपरासी पश्चिम पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =