ग्यापुको दशैँ तिहार धमाका अप्रिलिया स्कुटर जित्ने मौका

काठमाडौँ । नेपालीहरूको महान् चाड दशैँ-तिहारको अवसर पारेर अनलाइन इ-कमर्स कम्पनी ग्यापुले दशैँ-तिहार धमाका अफर ल्याएको छ । शुक्रबार देखि सुरु भएको यो अवसरमा अप्रिलिया स्कुटर जित्ने मौका रहेको छ।

ग्यापु अनलाइन स्टोरबाट सामान खरिद गर्ने ग्राहकहरूले ८० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् भने बम्पर उपहारमा । यो छुट विद्युतिय समाग्री, मोबाइल ग्याजेट, कपडा लगायत सम्पूर्ण क्याटगोरीको सामग्रीहरूमा उपलब्ध हुनेछ ।

यस अफर अन्तर्गत एनआईसी एसिया बैङ्कको डेभिड वा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशत सम्म क्यासब्याक अफर प्राप्त गर्न सक्छन् । ग्राहकले प्रत्येक युनिक कार्डबाट गरेको कारोबारमा १५०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्छन् ।

त्यस्तै एनसीसी बैङ्कको डेभिडरक्रेडिटरएनसीसी स्मार्ट युजर कार्ड प्रयोग गरेर सामान खरिद गरेमा २० प्रतिशत अथवा ५०० रुपैयाँ सम्मको क्यास ब्याक अफर प्राप्त गर्न सक्छन् । इ-सेवा प्रयोग गरी सामान अर्डर गर्ने मध्ये हरेक दिन २ जनाले लक्की ड्र मार्फत सय प्रतिशत क्यास ब्याक पाउने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =