सेज प्राधिकरण र निफ्राबीच सिमरा सेज प्रवर्द्धन गर्ने समझदारी

काठमाडौँ । विशेष आर्थिक क्षेत्र  (सेज) प्राधिकरण र निफ्राबीच सिमरा सेजमा औद्योगिक प्रवर्द्धनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएकाे छ ।

निजी क्षेत्रको सहभागिता वा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा सञ्चालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर भएको हाे ।

समझदारी अनुसार पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा सिमरा स्थिति विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ मा उद्योग स्थापनामा सहजीकरणको काम बैंकले गर्ने छ ।

समझदारी अनुसार उक्त विशेष आर्थिक क्षेत्रमा प्राविधिक र आर्थिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको छ ।

उद्योग सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा प्राधिकरण र बैंकका अधिकारीहरुको सहभागिता रहेको सो अवसरमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =