एनएमबिको मुद्दती निक्षेपमा ९.५२ प्रतिशतकाे आकर्षक ब्याज

काठमाडौँ । एनएमबि बैंकले नयाँ आकर्षक ब्याज योजना ल्याएको छ ।

हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहकोले बैंकले आकर्षक ब्याज योजना ल्याउको जनाएको छ । नयाँ योजनाअन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर ०.५ प्रतिशत प्रिमियमसहित प्रदान गर्ने जनाएको छ ।

बैंकका अनुसार एनएमबि बैंकमा खाता नभएको ग्राहकले भिडियो केवाईसको व्यवस्था गरेको छ । एक भिडियो कलमा आधारित प्रविधिमार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् । भीकेवाइसीमार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्नेछन् । भीकेवासीका लागि बैंकको लिङ्कमा क्लिक गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =