हवाई टिकट खरिदमा ५० प्रतिशत क्यासब्याक

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’को दशैँको झट्का स्किम सार्वजनिक गरिएको छ ।

आजदेखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागू गरिएको छ । यस स्किमअन्तर्गत तपाईँको आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

क्यासब्याकको सीमा २ हजारसम्मको रहेको छ भने यो अफरमात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्ल्यास बिक्रीको समयमा उपलब्ध गराइने जनाएको छ ।

यो स्किम आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो‚ र सदाझैँ यो स्कीममा पनि नियम र शर्तहरू लागू हुनेछन् ।

आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरिद गरेको २४ घण्टाभित्र क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो स्किममा आईएमई पे पञ्जीकृत मोबाइल नम्बरमात्र सहभागिताका लागि योग्य हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =