आईएमई ‘डबलको डबलको डबल’ अफरका विजेता घोषित

काठमाडौँ । आइएमईले पर्वलक्षित दशैँमा ‘डबलको डबलको डबल’ अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राही केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका छन् । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभमार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो ।

उनी संयुक्त अरब इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा केशवले ४१ हजार ५ सय ७ र  विशालले ४८ हजार २० रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफर अनुसार आइएमईले उनीहरुका निकटका आफन्तलाई ८३ हजार १४ रुपैयँ ९६ हजार ४० उपहार स्वरूप प्रदान गर्नेछ ।

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित ‘डबल डबलको डबल’ अफर यहीँ असोज १ देखि कार्तिक २६ सम्म कूल ५७ दिनका लागि अहिले सञ्चालनमा रहिआएको छ ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने छ । साथै आइएमई पेमा रकम प्राप्त गर्दा दुई सय थप बोनसको व्यवस्था मिलाइएको छ ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *