पत्रकार थापाले गरे पदक अस्वीकार

काठमाडाैँ । पत्रकार हरिबहादुर थापाले सरकारले दिने घोषणा गरेको पदक अस्वीकार गरेका छन् ।

मानपदवी, अलङ्कार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार-विश्लेषण-पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको तथा कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्ने तथा विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्ने भन्दै थापाले पदक अस्वीकार गर्ने जनाएका हुन् ।

राज्यले सम्मान नै गर्नुहुन्न भन्ने आफ्नो भनाइ नरहेको तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्ने आफ्नो धारणा रहेको थापाले बताएका छन् । संविधान दिवसको अवसरमा सरकारले सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित गर्नेहरूको सूचीमा आफ्नो पनि नाम रहेको तर आफूलाई नसोधि यस्तो निर्णय गरिएको थापाले बताएका छन् ।

विगतमा पदकका लागि पटकपटक सोधिएको र आफूले अस्वीकार गरिआएको जानकारी गराउँदै थापाले आफूलाई सम्झेकोमा सरकारलाई धन्यवाद भनेका छन् । लामो समयदेखि सुशासनका पक्षमा कलम चलाउँदै आएका थापा अहिले इकागज डटकमको प्रधान सम्पादक छन् । उनका रजगज लगायत पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *