कमेडियन नर्म म्याकडोनाल्डको मृत्यु
काठमाडौँ । चर्चित स्ट्यान्ड अप कमेडियन नर्म म्याकडोनाल्डको १४ सेप्टेम्बरमा ६१ वर्षको उमेरमा क्यालिफोर्नियामा मृत्यु भएको छ ।
उनी विगत ९ वर्षदेखि क्यान्सरसँग जुधिरहेको कुरा उनको परिवारले बताएको छ । क्यानडाका कमेडियन नर्म म्याक डोनाल्डको जन्म सन् १९५९ मा क्युबेक शहरमा भएको थियो । करियरको सुरुवातीमा उनी क्यानडाका क्लबहरूमा स्ट्यान्डअप कमेडी गर्थे । पछि उनी हास्यलेखन कार्य गर्न अमेरिका गए ।
आफ्नो ड्राई डेलिभरीका लागि परिचित नर्म म्याकडोनाल्डको समर्थकहरू अमेरिकामा मात्र नभएर विश्वभरि छरिएर रहेका थिए । नर्मले डर्टी वर्क, बिली मयाडिसन, र डाक्टर डुलिटलजस्ता चर्चित कमेडी फिल्ममा आफ्नो भूमिका निर्वाह गरिसकेका थिए ।
उनले सन् १९९९-२००१ मा आफ्नै कमेडी सिरिज ‘नमर्’ चलाएका थिए । विश्वभरिका कमेडियनहरुले एक दिग्गज हास्य कलाकार गुमाएकोमा दुःख व्यक्त गरेका छन् ।